आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

भित्राउने बेला वर्षाले धानमा क्षती : बाँके जिल्लामा मात्र ५० करोडको धान नष्ट

गोकर्णेश्वर खबर३ कार्तिक २०७८, बुधबार ०८:२० मा प्रकाशित (२ साल अघि) २११ पाठक संख्या

३ कात्तिक, काठमाडौं । देशको विभिन्न भागमा परेको बेमौसमी झरीका कारण आएको भेल बाढी खेतमा पस्दा भित्राउन तयार भएको धान बालीमा क्षती पुगेको छ । कति ठाउँमा काटेर सुुकाउन राखिएको धान भिजेको छ भनें कतिपय ठाउँमा पाकेको धान काट्न नपाई लढेको छ, पानिमा भिजेको छ ।

बाँके जिल्लाका आठ स्थानीय तहमा मात्र ५० करोड रुपैयाँ बराबरको धान नष्ट भएको छ । देशै भरी स्थानीय निकायले क्षतीको विवरण संकलन गरिरहेको छ ।

भित्राउने बेलाको धानलाई वर्षाले क्षती गरे पछि किसान चिन्तित भएका छन् । देशै भरी धान बालिमा क्षति गरेको पानीले रुपन्देही, बर्दीया, कैलाली, कञ्चनपुर, दाङमा धानबालीमा धेरै क्षती गरेको छ ।

किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले खेतमै नष्ट पारे पछि किसानलाई धेरै क्षति पुगेको छ । कसैले काटेर खेतमा सुकाएको धान बाली डुबेको छ भनें कसैको वर्षाले पूरै बाली ढलेको छ । भित्राउने बेलाको धानमा क्षती हँुदा किसानहरु चिन्तित भएको समाचार प्राप्त भएको छ ।