आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बाढी–पहिरोले एकैदिन १५ जनाको ज्यान गयो

गोकर्णेश्वर खबर३ कार्तिक २०७८, बुधबार ०७:५१ मा प्रकाशित (२ साल अघि) १०१ पाठक संख्या

३ कात्तिक, काठमाडौं । देशको विभिन्न भागमा बेमौसमी झरीका कारण आएको बाढी–पहिरोमा परेर एकैदिन १५ जनाको ज्यान गएको छ । पछिल्लो दुई दिनदेखि देशभर परेको झरीले केही सम्पर्कविहीन छन् भने केही घाइते भएका छन् ।

लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोमा परी डोटीमा मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५÷३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२÷६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गमा पहिरोले घर पुरिँदा ८ वर्षीया बालिका र ४ बालकको मृत्यु भएको छ ।

डडेलधुराको केआइसिंह गाउँपालिका–४ मा पहिरोमा परी मृत्यु हुनेमा स्थानीय भालु पार्कीका १८ वर्षीया बुहारी पवित्रा पार्की र २४ वर्षीया बुहारी भानु पार्की र उनको तीन वर्षीया नाती सोम पार्की छन् ।

देशै भरि परेको बेमौसमी झरीका कारण आएको बाढी पहिरोमा परि दर्जनौ व्यक्तिहरु घाईते भएका छन् भनें बाढी पहिरोका परि केही हराईरहेका छन् ।