आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

१०९६ कोरोना संक्रमित थपिए, १२ को मृत्यु

गोकर्णेश्वर खबर२ कार्तिक २०७८, मंगलवार १९:५८ मा प्रकाशित (२ साल अघि) ४६० पाठक संख्या

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १४० जनाको पीसीआर परीक्षणमा ९५७ र १ हजार ७७६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १००४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।