आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

साफको उपविजेता नेपाली टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत (फोटो फिचर)

गोकर्णेश्वर खबर१ कार्तिक २०७८, सोमबार १४:२२ मा प्रकाशित (२ साल अघि) २१२ पाठक संख्या

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । सोमबार खेलाडीलाई स्वागत गर्न ठुलो सङ्ख्यामा फुटबल समर्थकहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

विमानस्थलमा आइपुगेको नेपाली टिमलाई खेलकुद मन्त्री महेश्वर गहतराज, अखिल नेपाल फुटबल संघ एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतले स्वागत गरेका थिए । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किएका छैनन् ।

प्रमुख प्रशिक्षक अल्मुताइरी परिवारलाई भेट्न कुवेत गएको र पारिवारिक भेटघाट पछि नेपाल फर्किने एन्फाका अधिकारीहरुले बताएका छन् ।