आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सिन्धुलीमा नाै युवकद्वारा तीन किशाेरीमाथि सामूहिक बलात्कार

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार १९:३९ मा प्रकाशित (२ साल अघि) १६९ पाठक संख्या

सिन्धुली । सिन्धुलीमा बलात्कार गरेको भन्दै युवाको समूहविरुद्ध किशोरीका परिवारले उजुरी दिएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–५ को लब्दाहखोलास्थित ९ युवाको समूहले दसैंको टीका लगाएर घर फर्केकी ३ किशोरीहरुलाई बलात्कार गरेको जनाइएको छ ।

शनिबार राति कमलामाई नगरपालिका–५ को लब्दाहखोला पुलमुनि ९ जना यूवाहरूको समूहले सामूहिक बलात्कार गरेको बताइएको छ ।

सामूहिक बलात्कारमा संलग्न आरोप लागेका ९ जना मध्य ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार भएका ६ जनाको खोजी कार्य भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार १५, १६ र १७ वर्षीया किशोरीहरूलाई बलात्कार गरेको आरोप लागेका २२ वर्षीय हिम लामा, २२ वर्षीय विवेक मगर र २४ वर्षीय गणेश मगरलाई पक्राउ गरिएको छ ।

उनीहरुलाई अभिभावकले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ ।