FLASH NEWS
आज: १५ मंसिर २०७८, बुधबार | Wed, 01, Dec, 2021 Gokarneshwor TV HD

देशभर आंशिकदेखि सामान्य बदली, सुदूरपश्चिम भारी वर्षा

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार ०७:३२ मा प्रकाशित (१ महिना अघि) ३६ पाठक संख्या

काठमाडौँ– देशभर आजको मौसममा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले अधिकांश प्रदेशको मौसममा बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।