आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रधानमन्त्रीले लगाए दशैंको टीका

गोकर्णेश्वर खबर२९ आश्विन २०७८, शुक्रबार १५:४२ मा प्रकाशित (२ साल अघि) ११७ पाठक संख्या

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयदशमीको अवसरमा गुरू टीकाराम घिमिरेबाट टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले श्रीमती आरजु देउवा र छोरा जयवीर देउवालाई दसैँको टीका लगाइदिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोभिड–१९ महामरीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीलाई टीका लगाइदिएका थिए ।

योपटक महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवालेले सर्वसाधारणलाई टीका लगाइदिएनन् । कोभिड–१९ महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरिएको हो ।