आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

उद्योगमन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाले

गोकर्णेश्वर खबर२५ आश्विन २०७८, सोमबार १७:१६ मा प्रकाशित (२ साल अघि) २६६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । विवादका कारण मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री देउवाले तत्कालका लागि सो मन्त्रालय आफैंसँग राखेका हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम हमालले राजीनामा दिएकाले सो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोकेकी छन् ।