FLASH NEWS
आज: ३० आश्विन २०७८, शनिबार | Sat, 16, Oct, 2021 Gokarneshwor TV HD

थप ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

गोकर्णेश्वर खबर२४ आश्विन २०७८, आईतवार १८:३३ मा प्रकाशित (५ दिन अघि) ८ पाठक संख्या

काठमाडौं । नेपालमा आइतबार थप ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ सय ६५ र ३ हजार १ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९५ हजार १ सय ९२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ९ सय ४३ संक्रमित कोरोना मुक्त भएका छन् ।

हाल १३ हजार ८ सय ५९ जना होम आइसोलेसनमा र १ हजार १ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । थप ३ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।