आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन नेशन्स कपको फाइनलमा

गोकर्णेश्वर खबर२१ आश्विन २०७८, बिहीबार १०:५४ मा प्रकाशित (२ साल अघि) १३३ पाठक संख्या

काठमाडौं । फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ ।
सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता इटली ३७ खेलमा अपराजित थियो ।

सान सिरोमा भएको खेलमा फेरानले १७औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए । इटलीका लागि लरेन्जो पेलेग्रिनीले ८३औं मिनेटमा एक गोल फर्काए ।

४२औं मिनेटमा लियोनार्दो बोनुचीले रातो कार्ड पाएपछि इटली १० खेलाडीमा समेटिएको थियो ।

यसं खेलमा स्पेनका १७ वर्षीय गाभीले राष्ट्रिय टिममा डेब्यु गर्दै स्पेनका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बने ।

स्पेनले अब उपाधिका लागि फ्रान्स र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ ।