आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कांग्रेस कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल सर्वसम्मत चयन

गोकर्णेश्वर खबर२१ आश्विन २०७८, बिहीबार १०:४९ मा प्रकाशित (२ साल अघि) २६१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन भएका छन् । डंगोल नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

सभापति डंगोल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पक्षका हुन् ।

उपसभापतिमा सुदन बस्नेत र रञ्जिता महर्जन गौतम, सचिवमा इच्छा महर्जन र किरण केसी, सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन तथा कोषाध्यक्षमा पर्विता विष्ट चुनिएका छन् ।