आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

पाकिस्तानमा शक्तिशाली भूकम्प : २० को मृत्यु,१५० भन्दा धेरै घाइते

गोकर्णेश्वर खबर२१ आश्विन २०७८, बिहीबार १०:४२ मा प्रकाशित (२ साल अघि) १५१ पाठक संख्या

एजेन्सी । पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । अहिलेसम्म १५० भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

घाइते मध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । आज बिहानै बलुचिस्तान प्रान्त केन्द्रविन्दु भएर भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।

विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्छ । अहिले उद्धार कार्य भइरहेको छ ।

भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केका थिए । प्रारम्भिक तथ्यांकमा ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ ।

भूकम्पका कारण घरहरू भत्किँदा च्यापिएर मानिसहरूको ज्यान गएको हो । मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

ठूलो संख्यामा भवनहरू ढल्दा मानिसहरू घरबारविहीन भएका छन् ।