FLASH NEWS
आज: ३० आश्विन २०७८, शनिबार | Sat, 16, Oct, 2021 Gokarneshwor TV HD

एमसीसीमा एकस्वर बनाएर अगाडि बढ्नुपर्छ :परराष्ट्रमन्त्री खड्का

गोकर्णेश्वर खबर२० आश्विन २०७८, बुधबार १६:४१ मा प्रकाशित (१ हफ्ता अघि) ७ पाठक संख्या

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री डा. खड्काले एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्ने बताए ।

माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर प्रश्न गरेका छन् । ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं,’ उनले भने ।

उनले अघि भने, ‘अब एमसीसीमा एकस्वर बनाएर अगाडि बढ्नुपर्छ । हाम्रो हितमा छ भने पास गरौं, हितमा छैन भने अमेरिकालाई भनौं, यो हाम्रो हितमा पाएनौं ।’

एमसीसी सम्झौता पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने उनले बताए ।