आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

४६ यात्रु सवार बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट

गोकर्णेश्वर खबर२० आश्विन २०७८, बुधबार १२:५६ मा प्रकाशित (२ साल अघि) ११२ पाठक संख्या

काठमाडौं । बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ ।

काठमाडौंबाट सुर्खेत गएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारण विमानस्थलमा अवतरण हुन नसकेको हो ।

सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए ।

त्रिभुवन विमानस्थलबाट ८ बजे सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका चार जनासहित ४६ जना यात्रु रहेका छन् ।