आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

चक्कु प्रहार गरी हत्या गरेको आरोप लागेका लिम्बू बूढानीलकण्ठबाट पक्राउ

गोकर्णेश्वर खबर१९ आश्विन २०७८, मंगलवार १३:२८ मा प्रकाशित (२ साल अघि) १६२ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीले विराटनगर घर घई बूढानीलकण्ठ बस्ने ३० वर्षीय राज खड्काको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बूलाई सोमबार साँझ पक्राउ गरेको हो ।

लिम्बूले खड्कालाई चक्कु प्रहार गरेर हत्या गरेको जनाइएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हत्यासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।