आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

८० यात्रु सवार श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

गोकर्णेश्वर खबर१९ आश्विन २०७८, मंगलवार ११:५२ मा प्रकाशित (२ साल अघि) १०४ पाठक संख्या

काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ ।

विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।
यात्रुलाई अर्को जहाजमा पठाउने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए ।