आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

साफ च्याम्पियनसिप : श्रीलंकालाई ३-२ ले हराउँदै नेपाल विजयी

गोकर्णेश्वर खबर१८ आश्विन २०७८, सोमबार २३:५४ मा प्रकाशित (२ साल अघि) १२४ पाठक संख्या

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध खेल नेपालले जितेको छ । खेलको सुरुआतमा फितलो देखिएको नेपालले खेलमा शानदार ३ गोल गर्न सक्यो ।

सुरुमा श्रीलंकाले राम्रो खेलेपनि खेलको ३० औं मिनेटमा नेपालले गोलको खाता खोल्यो । नेपालका लागि सुमन लामाले पहिलो गोल गरे । पहिलो हाफमा नेपाल १-० ले अगाडि रह्यो ।
दोस्रो हाफ भने गोलको वर्षा नै भयो । खेलको ५१ औं मिनेटमा अञ्जन बिष्टले नेपालका लागि दोस्र‍ो गोल गरेका हुन् । खेलमा २-० को अग्रता लिएको नेपालले त्यसको ६ मिनटमा गोल खायो ।