आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित नपार्न तीन बुँदे सुझाव

गोकर्णेश्वर खबर१८ आश्विन २०७८, सोमबार १८:५० मा प्रकाशित (२ साल अघि) १५८ पाठक संख्या

सोमबार कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निवासमा भएको भेटवार्तामा महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधी र नेता सिंहबीच क्रियाशील सदस्यता विवाद समाधानका लागि तीन बुँदे सहमति भएको हो ।

उनीहरुले बाँकी रहेका रहेका जिल्लाको बिवाद तत्कालै टुंगोमा पुराउनुपर्ने, क्रियाशील सदस्यता विवादले महाधिवेन तालिका प्रभाबित हुन दिनु नहुने र तोकिएकै समयमा सम्पन्न गराउनु पर्ने निष्कर्ष निकालेका हुन् ।

यसैगरी बैठकमा सरकारलाई तत्काल पूर्णता दिनुपर्ने विषयमा समेत छलफल गरेका छन् । तीन नेताबीच आगामी महाधिवेशनमा मिलेर जाने र छलफललाई तीव्रता दिने विषयमा सहमति भएको छ ।