आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक : सर्वोच्च (विज्ञप्ति)

गोकर्णेश्वर खबर१८ आश्विन २०७८, सोमबार १७:४७ मा प्रकाशित (२ साल अघि) १३० पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिष्द विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको बताएको छ ।

मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको जनाएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद र खेदजन्य विषय हो ।