आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी विजयी

गोकर्णेश्वर खबर१७ आश्विन २०७८, आईतवार २१:३० मा प्रकाशित (२ साल अघि) १७८ पाठक संख्या

काठमाडौं । कांग्रेसको काठमाडौं महानगरपालिका सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । शाक्य नेतृत्वको प्यानलै भारी मतान्तरसहित विजयी भएको छ ।

नगर सभापतिमा निर्वाचित शाक्यले ७८६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए ।

उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन बैद्य र पुरुषोतम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

संस्थापन पक्षबाट सभापतिमा प्रगतिमान रञ्जित, उपसभापतिमा सुविरनाथ खनाल र भरत तन्दुकार, सचिवमा सम्झना भट्टराई र रमेश उप्रेती, सहसचिवमा इन्द्ररत्न बज्रचार्य र मुना सिटौला उम्मेदवार थिए ।