आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा विजयी

गोकर्णेश्वर खबर१७ आश्विन २०७८, आईतवार ०९:२१ मा प्रकाशित (२ साल अघि) ३३८ पाठक संख्या

काठमाण्डौ । नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा बिजयी भएका छन् । लामाले १०९ मत प्राप्त गरेका छन भने उनका प्रतिश्पर्धी रामजी श्रेष्ठले ९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा जयराम बिस्ट १३० मत प्राप्त गरी विजयी भएका छन् भनें अर्का सचिवका विजयी उम्मेदवार रमेश रिजाल ९० मत सहित बिजयी बनेका छन् ।

यसैगरी उप–सभापतिमा विकास श्रेष्ठ ११५ मत ल्याएर र बटुकृष्ण ढुंगेल १०२ मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा अशोक नेपाल ११४  मत ल्याएर र गोकुल प्रसाद सिंखडा १०३ मत ल्याएर विजयी भएका छन् ।

अन्य सदस्यका पदहरुमा सर्वसम्मती भएको थियो ।

सभापति, उपसभापति, सचिव र सहसचिव पदमा भएको चुनावमा १४ जना प्रशिश्पर्धामा रहेका थिए । शनिबार सम्पन्न मतदानबाट १४ जना प्रशिश्पर्धीहरुमा कसले कति पाए मत ?

सभापतिका प्रतिश्पर्धी :
१) रामजी श्रेष्ठ – ९३
२) कुमार लामा – १०९

उप–सभापति का प्रतिश्पर्धी :
१) भरत कुमार गिरी– ६७
२) विकास श्रेष्ठ – ११५
३) बटुकृष्ण ढुंगेल – १०२
४) रविकुमार पण्डित – ८६

सचीव प्रतिश्पर्धीका प्रतिश्पर्धी :
१) सञ्चय परियार – ७५
२) रोदन पण्डित क्षेत्री – ८५
३) जयराम बिष्ट – १३०
४) रमेश प्रसाद रिजाल– ९०

सहसचिवका प्रतिश्पर्धी :
१) अशोक बुढाथोकी – ६७
२) गोकुल प्रसाद सिंखडा – १०३
३) अशोक नेपाल – ११४
४) बिजय खत्री – ७८