आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना अपडेट : १,०७८ जनामा कोरोना पुष्टि,१२ जनाको मृत्यु

गोकर्णेश्वर खबर१४ आश्विन २०७८, बिहीबार १८:३४ मा प्रकाशित (२ साल अघि) ४१३ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५५५ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन् ।

यस्तै बितेको २४ घण्टामा ११ हजार ७६५ जनामा कोरोना परीक्षण भएको थियो । हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।

हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ । हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन् ।