FLASH NEWS
आज: ३० आश्विन २०७८, शनिबार | Sat, 16, Oct, 2021 Gokarneshwor TV HD

थप ११५७ जनामा संक्रमण पुष्टि, १११३ जना काेराेनामुक्त

गोकर्णेश्वर खबर१३ आश्विन २०७८, बुधबार १६:५५ मा प्रकाशित (२ हफ्ता अघि) १४ पाठक संख्या

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार १५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ६५२ आरटी पिसिआर र ३ हजार ८८९ एन्टिजेन गरी कुल १४ हजार ५४१  जनामा परीक्षण गरिएकोमा १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार १९३ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १६ हजार ८७८ जना होम आइसोलेसनमा, १ हजार ३१५ संस्थागत आइसोलेसनमा र २४४ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३४ जना र भेन्टिलेटरमा ९९ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार बुधबार देशभरबाट १ हजार ११३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ