आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

आईपीएलमा मुम्बईसँग पञ्जाब पराजित

गोकर्णेश्वर खबर१३ आश्विन २०७८, बुधबार १०:०३ मा प्रकाशित (२ साल अघि) १८२ पाठक संख्या

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियन्सले पञ्जाब किङ्सलाई पराजित गरेको छ । अबुधाबीमा मंगलबार राति भएको खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १ सय ३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको जितमा सौरभ तिवारीले ४५ रन बनाए ।

हार्दिक पाण्ड्या र किरन पोलार्डले पाँचौं विकेटका लागि ४५ रनको अविजित साझेदारी गरेपछि मुम्बईले जित हात पारेको हो । पाण्ड्याले अविजित ४० तथा पोलार्डले १५ रन बनाए । क्विन्टन डी कक २७ रनमा आउट भए ।

पञ्जाबका रबि बोस्नाईले २ विकेट लिए । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमायर १ सय ३५ रन बनाएको थियो ।

पञ्जाबका लागि एडिन मार्क्रामले ४२, दिपक होडाले २८ रन तथा कप्तान केएल राहुलले २१ रन बनाए । सन्दीप सिंहले १५ र हरप्रितले अविजित १४ रन बनाए ।

मुम्बईका जस्प्रित बुम्राह र पोर्लाडले २–२ विकेट लिए । जितसँगै ११ खेलमा १० अंक जोडेको मुम्बई पाँचौ स्थानमा उक्लिएको छ । पञ्जाब ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

आईपीएलमा आज राजस्थान र बैंगलोरबीच खेल हुनेछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । राजस्थान ८ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने बैंगलोर १२ अंकका साथ तेस्रो स्थानमा छ । समान १६ अंकका साथ चेन्नई पहिलो र दिल्ली दोस्रो स्थानमा छन् ।

समान १६ अंकका साथ चेन्नई पहिलो र दिल्ली दोस्रो स्थानमा छन् । १० अकंका साथ कोलकाता चौथौ स्थानमा छ । ४ अंक जोडेको हैदरावाद पुछारमा छ ।