आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

पीएसजीका लागि मेस्सीको पहिलो गोल, म्यानचेस्टर सिटी २–० ले पराजित

गोकर्णेश्वर खबर१३ आश्विन २०७८, बुधबार ०९:३९ मा प्रकाशित (२ साल अघि) १८७ पाठक संख्या

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले पेरिस सेन्ट जर्मन (पीएसजी) का लागि पहिलो गोल गरेका छन् । मेस्सीले गोल गरेको खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई हराएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत समूह ए मा रहेको पीएसजीले मंगलबार राति भएको खेलमा सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीमा मेस्सीको सुरुवात राम्रो भएको थिएन । तर मंगलबार राति गोल गर्दै उनले पीएसजीको जितमा भूमिका खेले । मेस्सी यसै सिजन बार्सिलोनाबाट पीएसजी आएका हुन् ।

पीएसजीका लागि आठौं मिनेटमा इद्रिसा गुआइ र ७४ औं मिनेटमा मेस्सीले गोल गरेका हुन् । केलिएन एमबाप्पेको पासमा मेस्सीले गोल गरेका हुन् ।

समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको पीएसजीले दोस्रो खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।