आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कपनबाट हराएका बालक भारतको बिहारमा सकुशल भेटिए

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार २३:३७ मा प्रकाशित (२ साल अघि) ३१३ पाठक संख्या

काठमाडौं । कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालक भेटिएका हुन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले भारतमा बालक भेटिएको पुष्टि गरेका छन् ।

सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको देखिएको थियो । परिवारले दिनभर खोज्दा नभेटिएपछि मंगलबार शर्माको बुबाले प्रहरीमा खबर गरेका थिए ।

दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ । हालसम्म उनले बालकलाई किन भारत लगे भन्ने खुलेको छैन ।