आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कपनबाट ४ वर्षीय बालकको अपहरण

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार १९:५९ मा प्रकाशित (२ साल अघि) ७९९ पाठक संख्या

काठमाडौं । काठमाडौंको कपनबाट ४ वर्षीय बालक पियुस शर्माको अपहरण भएको छ । प्रहरी उच्च स्रोतका अनुसार भारत घर भइ कपनको टहरोमा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुसको सोमबार दिउँसो साढे ४ बजे अपहरण भएको हो ।

‘बालकलाई उनको घरबाट एक व्यक्तिले लगेको देखिएको छ। ती व्यक्तिको समेत पहिचान भइसकेको छ’, प्रहरी उच्च स्रोतले भन्यो ।

कपनमा टहरो बनाएर बस्दै आएका बाबुसँगै बस्ने पियुसको सोमबार भने ठूलोबुवा मिठु शर्माको टहराबाट अपहरण भएको हो । स्रोतका अनुसार उनीहरुसँगै अर्को टहरोमा बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको हो ।

अपहरणमा परेका बालक र अपहरणमा संलग्न भनिएका दास दुबैको घर भारत रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे ४ बजेबाट बालकलाई लिएर दास वेपत्ता भएका पाइएको छ । मोबाइल समेत आफ्नै कोठामा छाडेर दास बालक लिएर वेपत्ता भएका पाइएको प्रहरी स्रोतको भनाई छ ।

वीरगञ्ज जाने बसका बारेमा सोध्नुले बालक अपहरण गरी दास भारत प्रवेश गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सोमबारदेखि बालक अपहरण गरेर वेपत्ता भएपछि प्रहरीले दासको खोजी गरिरहेको छ ।