आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

ओलीको प्रश्न- ‘सरकारले एमसीसी बिर्सेको हो ?’

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार १९:४० मा प्रकाशित (२ साल अघि) १९० पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले बिर्सेको हो ? भनेर सम्पादकसँगको अन्तर्क्रियामा सोधेका छन् ।

मंगलबार सम्पादकहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्झौता गर्दाताका सरकारको नेतृत्व गरेका दलहरू नै अहिले सरकारमा रहेका बेला एमसीसी सम्झाउन अमेरिका अगाडि आउनुपरेको बताए ।

१६५ सिट भएको सरकारले एमसीसीबारे चासो नदेखाएकोले नेकपा एमालेले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेको ओलीले बताए । उनले सरकारको स्मरण शक्ति कमजोर भएको हो कि भन्दै ‘उहाँहरूले नै सम्झौता गर्नुभएको हो । त्यतिखेरकै सम्झौता गर्नेहरू कोही प्रधानमन्त्री, कोही ‘किङमेकर’ हुनुहुन्छ । साझा न्यूनतम कार्यक्रममा पनि आएन, एमसीसी सम्झाउन फातिमा सुमार नै आउनुपर्ने हो कि ?,’ ओलीले अन्तर्क्रियाका क्रममा प्रश्न गरे ।

संसदमा दर्ता भएको एमसीसी सम्झौताका विषयमा नेपालमा राजनीतिक दलहरुबीच विवाद रहेको छ भनें एमसीसी उपाध्यक्ष फातिमा सुमारले केही साता पहिले नेपाल भ्रमण गरेकी थिइन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सत्तारुढ दलका नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतसँग एमसीसीबारे छलफल गरेकी थिइन् ।