आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

१,१५८ सङ्क्रमित थपिए, १२ जनाको मृत्यु

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार १९:३९ मा प्रकाशित (२ साल अघि) १३५ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९०४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार छ सय ७२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९०४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ३३१ वटा एन्टीजेन परीक्षण गर्दा २५४ जनाको कोरोना संक्रमण देखिएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६३ हजार ७३४ पुगेको छ ।

जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार ४२२ जना रहेका छन् ।