आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

भारतीय विदेश मन्त्रालयमा ‘नर्थन डिभिजन’ हेर्ने शाखा प्रमुख नेपालमा

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार १९:२१ मा प्रकाशित (२ साल अघि) १८८ पाठक संख्या

काठमाडौं । भारतीय विदेश मन्त्रालयमा नेपाल हेर्ने शाखाका प्रमुख अनुराग श्रीवास्तव तीनदिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका छन् । श्रीवास्तवले नेपाल र भुटानसहित ‘नर्थन डिभिजन’ हेर्ने जिम्मेवारी पाएका छन् ।

श्रीवास्तवले भ्रमणका क्रममा कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी, अर्थसचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई लगायत नेपाल सरकारका अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतीय दूतावास र नेपाल सरकारका अधिकारीहरुले बताएका छन् ।

नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस. जयशंकरबीच जारी संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भेटवार्ता भएको थियो । त्यसलगतै विदेश मन्त्रालयबाट नेपालमा एक कुटनीतिक विज्ञ आएका हुन् । श्रीवास्तवको भ्रमणको बारेमा नखुलाए पनि उनले दुई मुलुकबीच अर्थ, व्यापार र सम्बन्धको बारेमा छलफल गर्ने बताइएको छ ।