आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

ग्राण्ड नोर्लीङ् होटल रिर्सोटमा देखिदै सबिन राई र उनको फाराओ व्याण्ड,जाने होइन त दशै धमाका कन्सर्टमा ?

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार १०:०३ मा प्रकाशित (२ साल अघि) २३५ पाठक संख्या

काठमाडौं । चर्चीत पप गायक सबिन राई र उनको फाराओ व्याण्ड शनिबार ग्राण्ड नोर्लीङ् होटल रिर्सोटको स्टेजमा देखिने भएको छन् ।

सूर्यनगर यूवा समूह र म्याक्स इभेन्टको आयोजनमा दशैं म्यूजिक फेस्टीवल २०२१ को प्रस्तुतीको लागि गायक राईसहित उनको फाराओ व्याण्ड सो स्टेजमा देखिन लागेको हो ।

राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्याती कमाएका गायक राई र उनको म्यूजीक व्याण्डले अशोज १६ ,शनिवार(अक्टोवर २) मुलपानी साखु सडक अन्र्तगतको ग्राण्ड नोर्लीङ् होटल रिर्सोटमा आफ्नो प्रस्तुती दिन लागेका हुन ।

गायक राईका गुराँसको फेद मुनी ,दरिलो साथ ,केही गर लगायतका दर्जनौं गीत चर्चामा छन् ।

कार्यक्रममा फाराओको साथ साथै लोकल म्यूजीक व्याण्डले पनि आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ ।

दशैं लगायतका पर्व नजिकिदै गर्दा सांगेतिक कार्यक्रमहरुका साथ पर्वहरुलाई रमाइलो बनाउने लक्ष अनुरुप आयोजकले यो कन्र्सट राखेको हो ।

कार्यक्रममा ५०० र १००० प्रवेश शुल्क तोकिएको छ । कार्यक्रमको टाइटल स्पोन्सर यार्चागुम्बा एक्सचेन्ज रहेको छ भने को स्पोन्सरमा कार्ल्सबर्ग,लेबल,जे८९,अर्ना लगायतका रहेका छन् ।

कार्यक्रम १ बजेदेखि सुरु हुनेछ ।