आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार ०९:१२ मा प्रकाशित (२ साल अघि) ४७८ पाठक संख्या

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘घटनाको विस्तृत अनुसन्धान हुँदैछ’, प्रहरी निरीक्षक रिजालले भने ।