आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कांग्रेस शंखरापुरको नगर सभापतिमा दिलिप कुमार श्रेष्ठको उमेद्वारी

गोकर्णेश्वर खबर११ आश्विन २०७८, सोमबार १२:५४ मा प्रकाशित (२ साल अघि) ७३३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका यूवा नेता दिलिप कुमार श्रेष्ठले काठमाडौं जिल्ला क्षेत्र नं २ को शंखरापुर नगर कार्यसमितिको सभापतिका उम्मेदवार दिएका छन् । मंसिर ९ देखि सुरु हुने कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत अहिले केही जिल्ला बाहेकका अन्य जिल्लाहरुमा वडा अधिवेशन सम्पन्न भई पालिका स्तरिय अधिवेशन सुरु भएको छ । सोही क्रममा नेता श्रेष्ठले कांग्रेस शंखरापुर नगर कार्य समितिको सभापतिमा उम्मेदवारको घोषणा गरेका हुन ।

नेता श्रेष्ठ युवाहरु माझ लोकप्रिय ब्याक्तित्व भएकोले पनि उनलाई शशक्त उम्मेदवारका रुपमा हेरिएको छ । युवा जोश जांगर र उत्साहले भरिएको दृढ़ बिचार , दृस्टिकोण र संकल्प बोकेको , शंखरापुर नगरपालिका भित्र अत्यन्तै लोकप्रिय , समाजसेवा क्षेत्रमा निरन्तर लागिरहेका, दिन, दुखी तथा अप्ठ्यारो परिस्थितिमा खुला हृदय भएका बौद्धिक ब्यक्तित्वको रुपमा परिचित नेता श्रेष्ठले शंखरापुर नगरपालिका बिलय हुनलाग्दा पुनर्स्थापना गर्न लागि अग्रणी भुमिकाका साथ नागरिक समाज मार्फत ऐतिहासिक आन्दोलनको शशक्त नेतृत्व गरेका थिए ।

जुझारु युवा नेता दिलिप कुमार श्रेष्ठ आफ्नो टिमलाई बिजयी गराउन लागि परेका छन । दिलिप नगरपालिका भर उदार छबि भएको नेताका रुपमा परिचित रहेकोले पनि पालिका स्तरिय अधिवेशनबाट आफ्नो नेतृत्वको टिम जित्नेमा पूर्ण आशावादी रहेका छन् ।