आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कोरोना अपडेट : आज ९६३ जनामा संक्रमण पुष्टि,१३७१ निको

गोकर्णेश्वर खबर९ आश्विन २०७८, शनिबार १७:०४ मा प्रकाशित (२ साल अघि) २०४ पाठक संख्या

काठमाडौं । नेपालमा थप ९ सय ५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको ७ हजार ५० पीसीआर परीक्षणबाट ७ सय ९० जना संक्रमित भेटिएका हुन् । यस्तै ३ हजार ५ सय २९ एन्टीजेन परीक्षण गर्दा १ सय ६३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोभिड १९ का कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भैसकेका छन् ।