आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक वाटमोर बरोडाको प्रशिक्षक नियुक्त

गोकर्णेश्वर खबर९ आश्विन २०७८, शनिबार ०९:४१ मा प्रकाशित (२ साल अघि) २२७ पाठक संख्या

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि पारिवारिक कारण देखाउँदै उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

ओमानबाट उनी सोझै भारत लागेका थिए । गुजरात राज्यको बरोडा क्रिकेट एसोसियसनले शुक्रबार नयाँ प्रशिक्षकको रुपमा वाटमोरलाई सार्वजनिक गरेको हो ।

वाटमोर झण्डै एक वर्ष नेपालको मुख्य प्रशिक्षकको रुपमा रहे । उनी क्यानको कार्यशैलीबाट असन्तुष्ट रहेको चर्चा थियो ।