आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कांग्रेस अधिवेशन : बुढानिलकण्ठका १३ वटै वडामा सर्वसम्मत

गोकर्णेश्वर खबर९ आश्विन २०७८, शनिबार ०८:१८ मा प्रकाशित (२ साल अघि) २८६ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसको वडा अधिवेशनअन्तर्गत काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाका वडा इकाइमा सर्वसम्मत नेतृत्व चयन भएको छ । बुढानिलकण्ठको १३ वटै इकाइमा इकाइ सभापति, पदाधिकारीसहित सम्पूर्ण सदस्य सर्वसम्मत भएको हो । क्षेत्रीय प्रतिनिधि १२ वटा वडामा सर्वसम्मत भएका छन् भने वडा नं १० निर्वाचन पद्धतिबाट क्षेत्रीय प्रतिनिधि छनौट हुँदैछ ।

बुढानिलकण्ठको वडा नं १ मा साविक सभापति उत्तम खड्कासहित इकाइ पदाधिकारी र सदस्यहरू सर्वसम्मत भएका छन् । वडा नं १ मा सबै क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत भएका छन् । वडा नं २ मा साविक वडा सभापति जनक थापा सर्वसम्मत सभापति बनेर इकाइ बनेको छ भने सबै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका छन् । त्यसैगरी वडा नं ३ साविक वडा सभापति अरूणसिंह ठकुरी सर्वसम्मत सभापति बनेर इकाइ गठन भएको छ भने यस वडाबाट पनि सबै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका छन् ।

वडा नं ४ नयाँ इकाइ सभापति आएका छन्, श्याम खड्का । खड्कासहित इकाइ सर्वसम्मत भएको हो यस वडाका सबै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका छन् । वडा नं ५ मा साविक इकाइ सभापति भीमसेन ठकुरी नै इकाइ सभापति दोहोरिएका छन् भने क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत भएका छन् । वडा नं ६ र ७ मा पनि इकाइ र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका छन् । वडा नं ८ नयाँ सभापति आएका छन् राजाराम थापा । थापासहित इकाइ सर्वसम्मत भएको छ भने क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत भएका छन् । वडा नं ९ मा साविक सभापति शंकर आचार्य नै एकपटक फेरी सर्वसम्मत सभापति बनेका छन् ।
वडा नं १० मा इकाइ सभापतिमा नारदमणि घिमिरे सर्वसम्मत भएका छन् भने क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भैरहेको छ । वडा नं ११ मा साविक इकाइ सभापति राधेश्याक कार्की नै सभापतिमा सर्वसम्मत भएका छन् भने यस वडामा सबै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका छन् । वडा नं १२ मा इकाइ सभापतिमा सुनित चालिसे सर्वसम्मत सभापति भएका छन् भने सबै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका छन् । वडा नं १३ मा इकाइ सभापति भाइनारायण श्रेष्ठ सर्वसम्मत भएका छन् भने सबै क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत भएका छन् ।