आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कांग्रेस अधिवेशन : काभ्रेमा निर्वाचन अधिकृत सम्पर्कविहिन,नगर अधिवेशन स्थगित

गोकर्णेश्वर खबर९ आश्विन २०७८, शनिबार ०८:१२ मा प्रकाशित (२ साल अघि) ६६७ पाठक संख्या

काठमाढौं । आजका लागि तय भएको काँग्रेसको काभ्रे जिल्लाको गाउँ तथा नगर अधिवेशन स्थगित भएको छ । नेपाली काँग्रेस काभ्रेका प्रवक्ता महेश पौडेलले आजका लागि तय भएको अधिवेशन स्थगित भएको जानकारी दिए ।

केन्द्रले काभ्रे जिल्लाका लागि खटाएको निर्वाचन अधिकृत सम्पर्कविहिन छन् । यसबारेमा जानकारी लिन निर्वाचन अधिकृत राजेन्द्र लामिछानेलाई हामीले बारम्बार फोन गर्दा समेत उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

अहिले उनको मोबाइल अफ रहेको छ । लामिछाने विना सूचना बेपत्ता भएका काँग्रेस जिल्ला सभापति मधु आचार्यले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधि समेतको सुनिश्चित नभएको कारण आज हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए।