आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कांग्रेस गोकर्णेश्वर-४ को इकाई सभापतिमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित

गोकर्णेश्वर खबर९ आश्विन २०७८, शनिबार ०८:०८ मा प्रकाशित (२ साल अघि) १४८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को इकाई सभापतिमा ज्ञान कुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले १ सय ३२ मत ल्याएका थिए भनें अर्का सभापतिका उम्मेदवार श्रीराम श्रेष्ठले १ सय १० मत ल्याएका थिए ।

मत परिणामसँगै गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ । विहिबार उम्मेदवारी दर्ता भई धेरै पदहरुमा सर्वसम्मति जुटे पनि इकाई सभापति र पुरुष खुल्ला तर्फ क्षेत्रीय प्रतिनिधिका लागि सहमती नजुटे पछि शुक्रबार चुनाव भएको थियो । सभापति सहित १० जना क्षेत्रीय प्रतिनिधिका लागि भएको चुनावमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित उम्मेदवारहरुले निम्नानुसारको मत पाएका थिए ।

को को बने क्षेत्रीय प्रतिनिधि ?

१. जयराम महत – १४९
२. सन्त कुमार श्रेष्ठ – १४६
३. राजेश श्रेष्ठ – १३९
४. किरण केसी – १३६
५. दयाराम श्रेष्ठ – १२७
६. मनराज श्रेष्ठ – ११८
७. विकेस श्रेष्ठ – ११६
८. सुदर्शन सिग्देल – ११२
९. दिपक प्र. ढुंगाना– ११०
१०. रामजी श्रेष्ठ – १०८