आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बसन्त चौधरीलाई हृदयाघात

गोकर्णेश्वर खबर८ आश्विन २०७८, शुक्रबार १९:०१ मा प्रकाशित (२ साल अघि) १२० पाठक संख्या

काठमाडौं । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयाघात भएको छ ।

मुटुमा समस्या देखिएपछि स्वास्थ्य जाँचका लागि तीन दिनअघि दुबई पुगेका चौधरीलाई हृदयाघात भएको पारिवारिक स्रोतले जनाएको छ ।

हृदयाघात भएपछि शुक्रबार दुबईस्थित एक अमेरिकी अस्पतालमा उनको ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको छ ।

केही समयअघि नर्भिक अस्पतालमै स्वास्थ्य जाँच गराउँदा चौधरीको मुटुमा समस्या देखिएको थियो ।