आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

महाधिवेशनबारे अन्योल बढ्यो : गगन थापा

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार १९:५९ मा प्रकाशित (२ साल अघि) ५६५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनेमा अन्योल भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले पार्टीको १४औँ महाधिवेशनबारे अन्योलता बढ्दै गएको बताएका हुन् । वडा अधिवेशन हुन बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनको भनाइ छ ।

मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताए । उनले केन्द्रीय समितिले गरेको निर्णय र नेताहरुलाई दिएको जिम्मेवारी नेताहरुले पूरा नगरी जवाफदेहिताबिनाको राजनीति गरिएको बताए ।

थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताए ।

संसदप्रति ओलीको घृणा सिंगो एमालेमा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए ।
थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरुले बजेटको बिषयमा बोल्न नपाएको बताए ।