आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

दसैँको अग्रिम टिकट बुकिङ असोज ११ देखि

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार १७:०२ मा प्रकाशित (२ साल अघि) २०३ पाठक संख्या

काठमाडौं । असोज ११ देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । दसैँमा घर जान चाहनेहरूलाई लक्षित गरी प्रत्येक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । सोहीअनुसार यस वर्ष असोज ११ देखि बुकिङ खुला हुने भएको हो ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंको आज बसेको बैठकले ११ गते देखि अग्रिम टिकट खुलाउने निणर्य गरेको हो ।

महासंघका महासचिव सरोज सिटौलाले वर्षात कायमै रहेकाले सरकारले सडकमा ग्राभेल हालेर भए पनि गाडी चलाउनयोग्य बनाउनुपर्ने बताए ।

‘हामी यात्रुलाई घर पुर्‍याउन तयार छौँ, तर सडकका अवरोध फास्ट ट्र्याकमा हटाउनुपर्छ,’ उनले भने ।

त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म सबै रुट खुल्ने र मालवाहक सवारी साधनलाई बेलुका मात्र गुड्ने व्यवस्था गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए ।