आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कोरोना अपडेट : आज थप १२३९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार १६:३८ मा प्रकाशित (२ साल अघि) १८४ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएाका छन् ।