आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

एमाले सांसदको अवरोधकाबीच प्रतिनिधिसभाबाट दुई विधेयक पारित

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार १६:१९ मा प्रकाशित (२ साल अघि) १८३ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधको बीच प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।