आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं. १ को इकाई सभापतिमा राम मानन्धर विजयी

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार १०:२५ मा प्रकाशित (२ साल अघि) २७६ पाठक संख्या

भदौ ७, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. १ को इकाइ सभापतिमा राम मानन्धर विजयी भएका छन् । बुधबार भएको वडा समितिको निर्वाचनमा मानन्धर निर्वाचित भएका हुन् ।

४ जना सभापतिका उम्मेदवार प्रतिश्पर्धामा रहेकामा मानन्धरले ११५ मत ल्याई सभापतिमा विजयी भएका हुन् । अन्य सभापतिका उम्मेदवार मध्ये अनिल लामाले ८५, संझन पोखरेलले ६६ र श्रीहरी पोखरेलले १४ मत ल्याएका युवा नेता गोकुल रोक्काले जानकारी दिए ।

यसै गरी क्षेत्रीय प्रतिनिधि खुल्ला तर्फ परशुराम पोखरेल, निमा शेर्पा, राजेन्द्र रोक्का, गोकुल रोक्का, डम्बर ब. तामाङ, दामोदर खनाल, रमेश प्रसाद सिंखडा, सुशिल सिंखडा, विकास राना मगर, नारायण श्रेष्ठ विजयी भएका छन् भनें पुरुष खस आर्य तर्फ श्यामहरी पोखरेल, सरोज चालिसे निर्वाचित भएका छन् ।

यसैगरी, महिला खुल्ला तर्फ भवानी पोखरेल, नानीमैया वाईबा तामाङ, गायत्री खड्का, कृशला रोक्का, उमा अर्याल तथा महिला खस आर्य तर्फ गीता सिंखडा, तारा कुमारी तिवारी निर्वाचित भएका छन् ।

आदीवासी जनजाती पुरुष तर्फ पञ्चु तामाङ (विजय), नर बहादुर तामाङ, शेर बहादुर लामा निर्वाचित भएका छन् भनें आदीवासी जनजाति महिला तर्फ मञ्जु राना मगर, तारा तामाङ, सीता तामाङ निर्वाचित भएका छन् । अपांङ्ग तर्फ गायत्री दाहाल निर्वाचित भएकी छिन् ।

बुधबार सम्पन्न निर्वाचनमा वडा नं. १ मा ३ सय २२ जना क्रियाशिल रहेकामा २ सय ८६ मत खसेको थियो ।