आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

आईपीएल : हैदरावादमाथी दिल्लीको ८ विकेटले जित

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार ०९:४५ मा प्रकाशित (२ साल अघि) २१५ पाठक संख्या

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

दुबईमा हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । ओपनर शिखर धवनले ४२ रन बनाए भने पृथ्वी शले ११ रन जोडेर आउट भए । यस्तै कप्तान तथा विकेटकिपर ऋषव पन्तले अविजित ३५ रन जोडे । हैदरावादका खलिल अहमेद र राशिद खानले एक,एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो । हैदरावादका अब्दुल समादले सर्वाधिक २८ रन बनाउँदा राशिद खानले २२, ऋद्दिमान साह र केन विलियम्सनले १८,१८ रन बनाए ।

दिल्लीका कागिसो राबडाले तीन विकेट लिए । एनरिच नोर्किया र अक्सर पटेलले दुई,दुई विकेट लिए ।

नौ खेल खेल्दा सातौं जित हात पारेको दिल्ली १४ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । उता हैरदवादले आठ खेल खेल्दा यो सातौं हार हो र दुई अंकसहित अंकतालिकामा पुछारमा छ ।