FLASH NEWS
आज: ३० आश्विन २०७८, शनिबार | Sat, 16, Oct, 2021 Gokarneshwor TV HD

‘महानायक’ उपाधिमा फेरि विवाद,राजेश हमाल लेख्छन्- ‘कर्म सही गर,फल प्राप्त हुनेछ ’

गोकर्णेश्वर खबर६ आश्विन २०७८, बुधबार २२:३३ मा प्रकाशित (३ हफ्ता अघि) ३८ पाठक संख्या

काठमाडौं । नेपाली चलचित्रमा नायकरनायिकालाई दिइने विभिन्न खालका उपाधि सधैं चर्चामा रहन्छ । कलाकारलाई दिइने उपाधिमा प्रश्न चिन्ह पनि उठिरहेका छन् । नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिमा सधैं नै विवाद भएको पाइन्छ । २ दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएपछि यसको चर्चा भयो । कसैले यी दुई कलाकारको कुरामा सहमति जनाए भने कतिपयले विरोध गरे ।

जे होस्, फेरि एकपटक ‘महानायक र महानायिका’को विवाद सतहमा आएको छ । नायक राजेश हमालले यो विषयमा खासै मुख खोलेका छैनन् । हमालले आफूलाई सोझै ‘महानायक’ नभने पनि दर्शकले दिएको माया भनेका छन् ।

भुवन र शिवले ‘महानायक’को उपाधिमाथि नै प्रश्न सोझ्याउँदै एकअर्कालाई यो उपाधि दिइरहेको बेला नायक राजेश हमालले घुमाउरो शैलीमा यसको जवाफ दिन खोजेका छन् । उनले लेखेका छन्, ‘कर्म सही गर, फल प्राप्त हुनेछ ।’

हमालको यो कुराले पनि राम्रो काम गर्‍यो भने फल आफैं प्राप्त हुने भन्दै यसमा ठूलो स्वरले कराउन आवश्यक नरहेको आशय स्पष्ट झल्कन्छ । कतै हमालले शिव र भुवनलाई घुमाउरो तरिकाले जवाफ दिन खोजेका त होइनन् ?