FLASH NEWS
आज: ३० आश्विन २०७८, शनिबार | Sat, 16, Oct, 2021 Gokarneshwor TV HD

प्रियंकाले छोरीलाई दिइन् जन्म

गोकर्णेश्वर खबर६ आश्विन २०७८, बुधबार २२:२८ मा प्रकाशित (३ हफ्ता अघि) २१ पाठक संख्या

काठमाडौं । नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले विसं‍ २०७६ साल फागुण १६ गते विवाह गरेका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा र आलोचना समेत भएको थियो ।