आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कांग्रेस महाधिवेशन : वडा अधिवेशन सकिएका जिल्लामा पालिकास्तरीय अधिवेशन ९ असोजमै हुने

गोकर्णेश्वर खबर६ आश्विन २०७८, बुधबार १८:३३ मा प्रकाशित (२ साल अघि) २७९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा निर्धारित मितिमै पालिकास्तरीय अधिवेशन गर्ने भएको छ ।

बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सकिसकेका जिल्लामा ९ असोजमै गाउँ र पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘वडा अधिवेशन जहाँ जहाँ सम्पन्न भइसकेका छन् । त्यहाँ ९ असोजमै पालिकास्तरीय अधिवेशन हुन्छ । त्योसँगसँगै यही समयभित्र क्रियाशील सदस्यता नटुंगिएका जिल्लाको विवाद पनि मिलाउने प्रयास हुन्छ,’ उनले भने ।

कांग्रेसका १३ जिल्लाको क्रियाशील सदस्यता विवाद कायमै छ । प्रवक्ता शर्माले गाउँ र पालिकास्तरीयबाहेक अन्य तहको अधिवेशनको टुंगो निर्वाचन समितिले निर्धारित समयभित्रै गराउने गरी उपयुक्त समयावधि तोक्ने बताए ।