आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

गोकर्णेश्वर खबर६ आश्विन २०७८, बुधबार १७:४५ मा प्रकाशित (२ साल अघि) १४० पाठक संख्या

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेरुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।
साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक सुर भएको गठबन्धनका एक नेताले बताए ।

मंगलबार साँझ बसेको गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।

बुधबारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने स्रोतले बताएको छ । गएको २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद ६ सदस्यीय मात्र छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेका छन् ।