आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

परराष्ट्रमन्त्री नारायण खड्काले लिए शपथ

गोकर्णेश्वर खबर६ आश्विन २०७८, बुधबार १७:१५ मा प्रकाशित (२ साल अघि) २२० पाठक संख्या

काठमाडौं । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् ।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।